जेनजी आन्दोलन : मृतकको संख्या ५१ पुग्यो
काठमाडौं। जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।
मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए ।
आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् । बौद्धस्थित होटल हायातमा प्रदर्शनकारीले तोडफोड गर्ने क्रममा उक्त होटलमा बस्ने एक भारतीय पर्यटक महिला लडेर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका निम्ति अस्पताल त लगियो ।
तर, उनको अस्पतालमा मृत्यु भएको प्रवक्ता घिमिरे बताउँछन् । अन्य केही मृतक भारतीय नागरिक भएको सूचना प्राप्त भएको, तर पहिचान नभएको उनले बताए । ‘हामी सबैको पहिचान खुलाएर व्यवस्थित विवरण सार्वजनिक गर्ने छौँ, पहिचान भएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ’, उनले भने ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




