हजारौं हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौं: भाटभटेनी
काठमाडौं- प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी, तोडफोड र चोरीले सञ्चालक मिन बहादुर गुरुङ र उनका कर्मचारीहरूलाई गहिरो पीडामा डुबाएको छ।
तर ध्वस्त स्टोर र खरानीमा परिणत भएको सम्पत्तिबिच पनि भाटभटेनी परिवारको मनोबल अझ बलियो बनेर उठ्ने उद्घोष गरेको छ ।‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन,’ भाटभटेनीले फेसबुक पेजमा भावुक हुँदै लेखेको छ ‘आगलागीले केवल भौतिक सम्पत्ति नष्ट गर्यो, तर नेपाली समुदायको माया, सहयोग र समर्थनले हाम्रो आत्मबल बढाएको छ ।’
भाटभटेनीमा स्थानीय हजारौं सहयोगी हातहरूले पसल सफा गर्न मद्दत गरिरहेका छन् । कर्मचारी परिवारलाई फेरि उठ्न प्रेरित गरिरहेका छन्।
मिनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनीले भनेको छ, ‘तपाईंहरूको शब्द, तपाईंहरूको साथ, तपाईंहरूको माया नै हाम्रो ठूलो बल हो । भाट-भटेनी परिवारले पुनर्निर्माणमा ढिलाई गर्ने छैन । हामी फेरि उभिनेछौं । तपाईंहरूको साथमा, भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’
आगलागीपछि देखाइएको सहानुभूति, सहकार्य, र समुदायको माया परिवारका लागि ठूलो प्रेरणाको स्रोत बनेको कम्पनीले जनाएको छ । शुक्रबारको तथ्यांक अनुसार देशभरका २७ भाट-भटेनी शाखामध्ये २१ शाखा आगजनी र तोडफोडबाट प्रभावित भएका छन् ।
सीईओ पानु पौडेलका अनुसार, १२ शाखा आगलागीबाट पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट पूरै ध्वस्त भएका शाखाहरूमा काठमाडौं उपत्यकाका टंगाल, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस, पोखरा, चितवन, हेटौंडा, बिराटनगर, धरान, बिर्तामोड र दमक पर्छन्।
तोडफोड र लुटपाट भएका शाखाहरूमा काठमाडौ उपत्यकाका कलंकी, ठिमी, बलाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा छन्।
भाटभटेनीका ७ शाखा सुरक्षित रहेको कम्पनीले जनाएको छ। जस्मा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगञ्जका शाखामा कुनै क्षति भएको छैन।
प्रभावित १२ शाखा मुख्य कारोबार गर्ने शाखा थिए, जसले दैनिक कम्तीमा ५ करोड रुपैयाँ बराबरको कारोबार गर्थे। कम्पनीका अनुसार, भाटभटेनीमा करिब १० हजार नेपाली काम गर्छन्, जसमध्ये करिब ५ हजार कर्मचारी प्रभावित शाखामा कार्यरत थिए। आन्दोलनका कारण उनीहरूको रोजगारी र आम्दानीमा ठूलो संकट आएको छ।
कम्पनीले प्रारम्भिक रूपमा नोक्सानीको मूल्याङ्कन विवरण संकलन गर्न कम्तीमा २–४ हप्तासम्म समय लाग्ने जनाएको छ।
ध्वस्त स्टोर र क्षतिपूर्तिको चुनौतीका बाबजुद, भाट-भटेनी परिवारले पुनर्निर्माणमा आफ्नो दृढ अठोट प्रकट गरेको छ। ‘हामी फेरि उभिनेछौं। तपाईंहरूको साथमा, भविष्य उज्यालो बनाउनेछ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




