समाचार

जेनजी आन्दोलनका मृतकको शव परिवारलाई बुझाइयो

काठमाडौं । जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण थालिएको छ । महाराजगंजस्थित  त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेपछि प्रहरीले परिवारलाई हस्तान्तरण गरेको हो । साेमबार भएकाे जेनजी आन्दाेलनमा प्रहरीको गोली लागेर युवाहरुकाे ज्यान गएकाे थियाे ।

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।

मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए ।

आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...