खेलकुद

एसिया कप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

काठमाडौँ। एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’मा रहेका भारत र पाकिस्तानको भिडन्तलाई रोचक रुपमा हेरिएको छ । समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाएका छन् । समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ।

भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो । पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हात पारेको छ ।

भारत र पाकिस्तानको खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...