एसिया कप क्रिकेटमा पाकिस्तानमाथि भारतको जित
काठमाडौं। एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ। दुबईमा गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।
पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५ दलशमल ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१–३१ रन बनाएका थिए। त्यसैगरी शुभमन गिल र शिभम दुवेले १०–१० रन बनाए।
त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिए। यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो।
पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए। त्यस्तै फकर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए। भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्षर पटेलले २–२ विकेट लिए।
यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो। त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ। प्रतियोगिता अन्तरगत आज आयोजक युएई र ओमान तथा श्रीलंका र हङकङ भिड्नेछन्।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




