ओमप्रकाश कानुनमन्त्री, रामेश्वर अर्थ र कुलमान ऊर्जा बने
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाएकी छन्। पदभार ग्रहण गरेकै दिन उनले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाएकी हुन्।
अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।
पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन्। यस्तै कुलमान घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले अब भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय उनले सम्हाल्नेछन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल गठनका लागि सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। नवनियुक्त मन्त्रीहरुको शपथ भोलि सोमबार हुने शीतलनिवास स्रोतले जानकारी दियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




