अन्तर्वार्ता

अन्तरिम सरकारसँग जनताको मागः कालोधन र भ्रष्टाचार छानविन गरी राष्ट्रियकरण होस्

अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीसँग सर्वसाधारणले निर्वाचनसँगै भ्रष्टाचार अन्त्य र सुशासनको अपेक्षा गर्नुभएको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण बनेको कार्की नेतृत्वको सरकारसँग सार्वसाधरणले नागरिकले सुशासनको अपेक्षा गर्नुभएको हो । उहाँहरुले २०४६ सालपछि भएका सम्पूर्ण भ्रष्टाचारको छानविन गर्नको लागि न्यायिक आगोग गठन गर्नुपर्ने माग राख्नुभएको छ । भ्रष्टाचार र कालोधनलाई खोजेर राष्ट्रियकरण गर्नुपर्ने उहाँहरुको प्रमुख माग छ।

बागबजारका नविन थापाले जेनजीले उठाएको मुख्य मुद्दा भ्रष्टचार भएकोले देशमा भएका कालोधनलाई खोजेर राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । उहाँले आन्दोलनका क्रममा सार्वजानिक तथा व्यक्तिगत सम्पतीमा ठूलो क्षति पुगेको उल्लेख गर्नुहुँदै क्षति गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन बाहेक जेनजीले उठाएको मुख्य मुद्दा भ्रष्टचार कुरा छ । यसलाई हेर्नुप¥यो । हाम्रा देशका जतिपनि काला धनहरु कहाँ छुपेका छन्, देशमा किन यो आर्थिक तरलता भइरहेको छ । यो कुरालाई विशेष ध्यान दिने हो । यो संगसंगै आन्दोलनको गतिविधि जुन छ, हाम्रो सरकारी भवनहरु भत्काईएका छन्, नेताको घर भत्काउनु त ठिकै थियो । व्यक्तिगत सम्पतीहरु, कतिले बाहिर गएर कमाएको हुन्छ, व्यक्तिगत सम्पती र सरकारी सम्पतीमा जुन खालको क्षति गरेका छन् । अब यो कुन तत्वले गयो, जेनजीले गर्यो कि अरुले ग¥यो । यिनिहरुको चाहीँ प्रस्टसँग छानविन गरेर कारबाही हुनुपर्छ ।’

अनिम अमात्यको धाराणा पनि थापाको जस्तै छ । उहाँले पनि कालोधनलाई खोजीनिति गरेर राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो ।
उहाँ भन्नुभयो, ‘कालोधन करप्सन जतिपनि छ, त्यसलाई खोजीनिती गरेर जतिपनि भेटिएको छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ ।’

सम्बन्धित समाचार

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)

नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष...

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...