नउठेको विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्री कुलमानको पहिलो निर्णय
काठमाडौँ। नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणकाे वक्याैता रकम उठाउन निर्देशन दिने पहिलाे निर्णय गरेका छन् । शीतलनिवासमा शपथलगत्तै मन्त्रालय नपुगी महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेकाे प्रहरी भवन र घाइतेकाे अवस्था बुझ्न उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
त्यसपछि मन्त्रालयमा पुगेका घिसिङले पदभार ग्रहण गर्दै विभिन्न व्यावसायिक घरनाले लामाे समयदेखि तिर्न बाँकी रहेकाे उक्त वक्याैता रकम तत्काल उठाउन निर्देशन दिने निर्णय गरेका हुन् ।
उनी यसअघि प्राधिकरणकाे दुई कार्यकाल कार्यकारी निर्देशक रहेर काम गरिसकेका छन् । प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको सवा ८ अर्व रूपैयाँ बक्याैता उठाउन बाँकि रहेकाे बताएकाे छ ।
उक्त रकम उठाउन लागी परेका उनलाइ तत्कालिन प्रधानमन्त्री केपी ओलीले हटाएर हितेन्द्रदेव शाक्यलाइ नियुक्त गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...




