शहीद स्मारक ‘ए’ डिजिभन लिग खेल्न तयार छौंः शिर्ष क्लव
काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन क्लवहरूले नेपाली फुटबलको प्रशासकीय निकायले शिर्ष डिभिजनको लिग गराउँदा आफूहरू खेल्न तयार हुने बताएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेदेखि गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले क्लवहरूसँग छलफल गर्दै तयारीमा पनि थालेको छ । सोमवार एन्फासँगको छलफलका क्रमका हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाले ‘ए’ डिजिभन लिग गरेको खण्डमा आपूmहरू खेल्न तयारी हुने बताएका हुन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाका अध्यक्ष शेर्पाले शिर्ष डिभिजन लिग हुन्छ या हुँदै भन्ने जवाफ एन्फासँग मात्र रहेको बताएका छन् । उनले लिगको मिति तय गर्नुअघि नै स्टेडियमबारे तय गर्न आग्रह गरेका छन् । स्टेडियम तय नभएको अवस्थामा लिग नै नहुने उनको दाबी छ ।
एन्फाको बोलाएको अवस्थामा आफूहरू आएको उल्लेख गर्दै आफूहरूले लिग नखेल्ने कहिले नै नभनेको उनी बताउँछन् । क्लव लाइसेन्स पाउने गरी लिग गर्न उनले एन्फालाई सुझाव दिएका छन् । उनले गलत कागजात बनाएर आफूहरूले क्लव लाइसेन्स पाउने व्यवस्था सही नभएको उल्लेख गरे । कानूनी रूपमा होम मैदान उपलब्ध गराए होम एन्ड अवेको प्रश्तावअनुरूप खेल्न तयार रहेको हिमालय शेर्पा क्लवका अध्यक्ष शेर्पाले बताएका छन् । उनले बंगलादेशमा लिग खेल्न गएका खेलाडीबारे अन्यथा लिन नहुने बताएका छन् । तर नियमित खेल भयो भने खेलाडी पलायनको श्रृंखला रोकिने उनको भनाइ छ ।
गत २३ गते एन्फाले जारी यु–१६ लिगबारे छलफल गर्न बोलाएको तर अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई उपस्थित रहेको उल्लेख गरे । यद्यपि, आफूहरूले सहायक महासचिव र सिइओसँग बसेर छलफल गरेको शेर्पाले बताए । अघिल्लो दिन मात्र अर्को सूचना नआएसम्म सबै लिगहरू स्थगित भएको एन्फाबाट अव्यवस्थित रूपमा मेसेज आएको उल्लेख गरे । उनले लिगहरू स्थगित गर्न पर्दा औपचारिक रूपमा पत्रबाट नगरेको भन्दै एन्फाको अव्यवस्थित काम गरेको शेर्पाको आरोप छ ।
गत वर्ष नै यु–१६ र यु–१८ र लिगबापत एन्फाबाट पाउनु पर्ने बजेट उपलब्ध नभएको र त्यसबारे आज छलफल गरेको शेर्पाले उल्लेख गरेका छन् । दशै अगाडि त्यो रकम उपलब्ध गराइ दिन एन्फालाई आग्रह गरेको उनले बताए । एन्फाले यसपल्ट ‘ए’ डिभिजन लिग २०८२ होम एन्ड अवेमा गर्ने गरी छलफल पनि अगाडि बढाएको थियो । तर क्लवहरूले कुनै निश्चित योजना र रणनीति बिना यो प्रस्ताव गर्नु गलत रहेको दाबी गर्दै आएका छन् । एन्फाले लिगको मोडालिटी, मार्केटिङ र अन्य व्यवस्थापकीय पक्षबारे पनि विस्तृत प्रस्ताव अघि सारिसकेको छ । नेपाली फुटबलको शीर्ष लिग पछिल्लोपल्ट (२०७९÷२०८०) भएको थियो । त्यो लिग चर्च ब्वाइजले जितेका थियो । तर, त्यसयता एन्फा लिग गर्न असफल हुँदै आएको छ । -न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




