अर्थ

खाना पकाउने बेला भयो?, हेर्नुहोस् तरकारीको मूल्य

काठमाडौँ। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी ८०, आलु रातो (नेपाली) ५२, प्याज (भारतीय) ३७, बन्दा (लोकल) ५० र काउली (स्थानीय) ८० कायम भएको छ।

तरकारीतर्फ गाजर (लोकल) प्रतिकेजी १२०, रायो साग १२०, ब्रोकाउली १४०, रातो बन्दा १५०, च्याउ (डल्ले) ३५०, कुरीलो ४५०, पार्सले १,१००, पुदीना ९००, र सिताके च्याउ १,००० सम्म बिक्री भइरहेको उल्लेख छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकेजी ३८०, केरा (दर्जन) १३५, कागती १५०, अनार ३५०, जुनार २५०, नासपाती (चाइनिज) २२०, किवि ४००, आभोकाडो ३०० र शरीफा १३० सम्म तोकिएको छ।

मसला तथा अन्य वस्तुमा लसुन (चाइनिज) २२०, लसुन (नेपाली) १६०, अदुवा १२०, खुर्सानी हरियो (अकबरे) २००, सुकेको खुर्सानी ४०० र सुकेको माछा प्रतिकेजी १,००० सम्म पुगेको समितिले जनाएको छ।

सम्बन्धित समाचार

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...

कालिमाटीमा कति छ तरकारीको मूल्य?

कालिमाटीमा कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...