नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने : व्यवसाय
काठमाडौँ। नेपालका केरा व्यवसायीहरूले नेपाली उत्पादन पर्याप्त रहेकाले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा विदेशबाट केरा आयात नगर्न सार्वजनिक अपिल गरेका छन्।
नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तका अनुसार, अहिले नेपालमा केराको उत्पादन उत्साहजनक छ र चाडपर्वमा नेपाली उत्पादनले आवश्यक माग पुरा गर्न सक्ने अवस्था छ। यसै कारणले महासङ्घले देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घहरूलाई केरा आयात नगर्न अनुरोध गरेको छ।
महासङ्घले जारी गरेको अनुरोधपत्रमा उल्लेख छ कि हाल नेपालको उत्पादनले नै नेपाली बजारको माग पूर्ति गर्न सक्ने अवस्थामा पनि विदेशी केरा निरन्तर रूपमा आयात हुँदै आएको छ। यसले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने, वैदेशिक व्यापार घाटा बढाउने, रोजगारमा नकारात्मक प्रभाव पार्ने र केरा उत्पादक किसानलाई विस्थापित गराउने खतरा बढाउँछ। साथै, सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा उत्रन सक्ने सम्भावनासमेत उल्लेख गरिएको छ।
अनुरोधपत्रमा भनिएको छ, “समयमै हामी सबै सङ्घसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्बन्धित व्यापारीसँग समन्वय गरी असोज ६ गतेपछि भारतबाट कुनै पनि केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ। यदि व्यापारीले बलजफ्ती आयात गरेमा त्यसबाट उत्पन्न कुनै पनि क्षतिको जिम्मेवारी महासङ्घको नहुने जानकारी गराइन्छ।”
यस विषयमा चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासी लगायतका जिल्लाका केरा उत्पादक किसानका आठवटा समिति र प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आयात रोक लगाउन समेत माग गरेका छन्। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित सबैले हस्ताक्षर गरेका छन्। (रासस)
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




