मनसुन सिद्धिने बेलामा पनि किन परिरहन्छ पानी?
काठमाडौं। औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने बताउनुभयो । ‘सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ । मनसुन बहिर्गमन हुन १५ दिन मात्रै बाँकी छ, कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ । यो वर्ष सरदर मितिमै मनसुन बहिगर्मन हुन्छ वा हुँदैन अहिल्यै भन्न सकिँदैन’, उहाँले भन्नुभयो ।
लामिछानेका अनुसार आज पनि देशभर साधारणतया मौसम बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
योसँगै आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोटी, कैलाली र आसपासका जिल्ला हुँदै बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेकाले समवधानी अपनाउन उहाँले सबैलाई अनुरोध गर्नुभयो।
उहाँका अनुसार इलाम, झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला हुँदै बहने केही स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ । रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना
काठमाडौं। भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४...
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...
लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...
यस्तो छ आजको मौसम
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम...




