दुई सहकारीको संयुक्त रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन
काठमाडौं । बैशाख २४ गते शनिबार पोखरामा भएको दुई सहकारीको संयुक्त रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।
पोखरा ३३ कालिकास्थानमा अवस्थित सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि।को सोह्रौ स्थापना दिवस र बाघमारा बहुउद्धेश्यीय (साकोस) सहकारी लि।को दशौँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको संयुक्त रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको हो ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले कार्यक्रमको अध्यक्षता गरेका सुरक्षा पालुवा सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यलाई ब्लड ब्याग प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सामाजिक क्षेत्रमा सुरक्षा पालुवा र बाघमारा सहकारीले अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने आशा व्यक्त गरिन ।
यो कार्यले सहकारीको वीचको पारस्परिक सहयोग सँगै दुई सहकारी वीच कार्यगत एकता गर्न सकिन्छ भन्ने सन्देश दिएको कोइरालाले बताइन् ।
कार्यक्रममा रक्तदानको महत्व प्रकाश पार्दै बाघमारा सहकारीका संस्थापक अध्यक्ष डिल्लीराम बरालले स्वागत मन्तब्य प्रस्तुत गरे ।साथै सुरक्षा पालुव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले संस्थालाई यहाँ सम्म ल्याइपु्याउन सहयोग गर्नुुहुने सम्पुर्ण सेयर सदस्य, संचालक तथा पुर्वसंचालक, सल्लाहकार, कर्मचारी, सहकारी अभियान्ता तथा शुभचिन्तकहरुलाई आभार तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा समेत यहि माया तथा सद्भाव प्राप्त हुने विश्वास राखे ।
नेपाल रेडक्रस सोसाइटीको क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रमको संचालन सुरक्षा पालुवा सहकारीका संचालक निर्मल आचार्यले गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोग पु्याउने रक्तदाता, प्राविधिक तथा उपस्थित सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्दै बाघमारा सहकारीका अध्यक्ष तुलसीमणी अधिकारीले समापन गरे ।
सम्बन्धित समाचार
हेर्नुस् डलरको भाउ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर,...
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...




