उद्योग व्यवसायमा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः चन्द्रप्रसाद ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले जेन जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुधवार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसिसिआईको टोलीले जेन जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया, उपेन्द्र महतोको घरको अवलोकन गरेको हो ।
अवलोकनपछि सञ्चारकर्मीमाझ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्नुभयो । उहाँले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भिर क्षति पु¥याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय संचालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो,‘आगामी दिनमा जुन सुरक्षा दिने कुराहरु छ । सरकारको तर्फबाट र आम पब्लिकको पर्सेप्शन पनि जुन यो सेक्युरिटी दिनेकुरा छ । त्यो एकदमै इम्पोटेन्ट छ । जबसम्म सेक्युरिटीको एस्योरेन्स हुँदैन, तवसम्म लगानीको सम्भावना छैन । त्यसैले अहिले भएको आगजनी तोडफोड जुन भएको छ । यसको निष्पक्ष ढंगले छानविन गरेर जुन इन्टेनसनली यी कामहरु भएको छ । उनीहरुलाई कारबाही गर्नु पर्छ भन्ने हाम्रो निजी क्षेत्रको रहेको छ । २०४६ यताका सबै प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’
महासंघले उद्योग व्यवसाय संचालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो । -न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




