खेलकुद

वेस्ट इण्डिजसँगको श्रृंखला ऐतिहासिकः कप्तान रोहित

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटअगाडि वेस्ट इन्डिजसँगको शृंखला महहत्वपूर्ण रहेको बताउनुभएको छ ।

पहिलोपल्ट नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्दै छ । उक्त श्रृंखला नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर २७ देखि खेल्ने तालिका छ । यसै श्रृंखलाका लागि बिहीवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको बिदाइ कार्यक्रममा नेपालका कप्तान रोहितले वेस्ट इण्डिजसँगको श्रृंखला नेपाली टोलीका लागि ऐतिहासिक रहेको बताउनुभएको हो।

नेपालले ओमानमा आगामी अक्टोबर ८ देखि १७ सम्म हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया प्यासिफिक रिजनल फाइनलको तयारीका लागि यो श्रृंखला खेल्न लागेको हो । त्यसैले छनोटअगाडि वेस्ट इन्डिजसँगको शृंखला महत्वपूर्ण हुने कप्तान रोहितको विश्वास छ ।

उहाँले यो श्रृंखला नेपालका लागि ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायरअगाडि यो शृंखला खेल्न लागेकाले आपूmहरूका लागि यो निकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। साथै रोहितले वेस्ट इण्डिजसँगको खेलका लागि आफ्नो टोली तयार रहेको पनि  जानकारी दिनुभयो।

गत एक महिनादेखि अस्ट्रेलियामा पनि राम्रो तयारी गरेको र खेलहरू पनि खेलेकाले नेपाली टोलीको तयारी समग्रमा प्रभावकारी बनेको उहाँको भनाइ थियो । उहाँले सबै खेलाडी राम्रो लयमा देखिएको उल्लेख गर्नुभयो। तर, मैदानमा जसले उत्कृष्ट प्रदर्शन गर्छ त्यो नै प्लेइङ ११ मा पर्ने उहाँको भनाइ छ । वेस्ट इण्डिजसँगको खेलका लागि टोली उत्साहित रहेको र आगामी खेलमा ध्यान केन्द्रित गरेको कप्तान रोहितको भनाइ छ ।

यसअघि वेस्ट इन्डिज ‘ए’ सँग खेल्दा ३–२ भएको र त्यो नतिजाले आफूहरूलाई प्रेरणामा मिल्ने उहाँको विश्वास छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीको बिदाइ गरेका थिए ।

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि वेस्ट इन्डिजसँगको सिरिज ऐतिहासिक र नेपाली क्रिकेटका लागि अवसरका रूपमा लिएको बताउनुभयो । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...