खेलकुद

वेस्ट इन्डिजसँग शृंखला खेल्न जाने नेपाली टोलीलाई दिएन यूएईले भिषा, शृंखला नै अन्योलमा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएई यात्रा प्रक्रिया लम्बिएको छ।

विश्व विजेता टोली वेस्ट इन्डिजविरुद्ध ३ खेलको टी–२० सिरिज खेल्न युएई जान लागेको नेपाली टोलीलाई यूएईले भिसा ‘इस्यु’ नगर्दा प्रक्रिया लम्बिएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो।

आज बिहान ९ बजेको युएईको टिकट भएको भए पनि भिसा नआएपछि खेलाडीहरु जान पाएनन्। नेपाल क्रिकेट संघ (क्यान) ले भिसाको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको तर यूएईले जेनजी आन्दोलनपछि नेपालीलाई भिसा रोकेकाले त्यसको असर क्रिकेट खेलाडीलाइ पनि परेको हो।

नेपालमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाका कारण यूएईले नेपालीलाई भिजिट तथा कामदार दुवै भिसा रद्द गरेको छ।

क्यान प्रवक्ता छुम्बी लामाले नेपालसँगै युएईको इमिरेट्स क्रिकेट बोर्ड तथा यूएईको सरकार र आईसीसीसँग समेत क्रिकेट टिमको भिसाको विषयमा कुरा भइरहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

उहाँ भन्नुहुन्छ,`इस्यु नै नभएको हो। नेपालमा भएको पछिल्लो घटनाक्रमले समग्र नेपालीलाई नै भिसा रोकेकाले नेपाली खेलाडी पनि त्यसको मारमा परेका हुन्। तर हामीले सबै पक्षबाट प्रयास गरिरहेकाले भिसा आउने विश्वासमा छौँ।’

सिरिज यूएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुने कार्यतालिका रहेको छ। क्यानले यसलाई युनिटी कप अन्तर्राष्ट्रिय टी२० सिरिज नाम दिएको छ। यसको तयारीको लागि नेपाली टोली एक साता अगाडी युएई जाने तयारीमा रहेको थियो। टोलीको बिदाइसमेत भइसकेको अवस्थामा भिसाका कारण खेलाडी रोकिनु परेको हो।

नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो। यो शृंखला खेलेर नेपाल टि–ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ। तर यूएईको भिसा प्रक्रिया लम्बिएसँगै द्वीपक्षीय सिरिज नै अन्योलमा पर्ने त होइन भन्ने शंका उब्जिएको छ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...