समाचार

कहाँ कहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

डोटी। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका...

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...