अर्थ

दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो

काठमाडौँ। राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल सुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।

यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । टिकट बुकिङ खुला नभएका कारण मानिसहरु यसपटक घटस्थापना अगाडदेखि नै घर जान थालेका हुन् । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनितिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरु विदा भइसकेका छन् ।

विद्यालय, क्याम्पस विदा भएसँगै घर फर्किन जानेहरुको बसपार्कमा चहलपहल बढेको हो । गएका वर्षहरुमा यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

यसवर्ष दशैँको टीका असोजको १६ गते रहेको छ ।

सम्बन्धित समाचार

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...