अन्तर्राष्ट्रिय

हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’, विपिन जीवित वा मृतक छन् अझै अन्योल

काठमाडौं । हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाही तीव्र पारेका बेला हमासले ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि रहेका छन्।

सञ्चार संस्था अल जजिराका अनुसार कस्साम ब्रिगेडले अनलाइनमार्फत संकलित तस्बिर जारी गरेको हो। यसमा जीवित र मृत दुवै प्रकारका बन्दी रहेको अल जजिराले उल्लेख गरेको छ।

सबै तस्बिरमा ʻरोन अरदʼ भनेर लेखिएको छ। यसले १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरदलाई जनाउँछ।

अरदको एफ–४ फ्यान्टम लडाकु विमान दक्षिणी लेबनानमा आक्रमण गर्ने क्रममा बम समयअगावै विस्फोट हुँदा खसेको थियो। यसमा अरदको मृत्यु भएको मानिए पनि उनको वास्तविक अवस्थाबारे ठोस प्रमाण अझै आएको छैन।

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार र इजरायली आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ। इजरायलले करिब २० बन्दी जीवित रहेको बताएको छ भने अमेरिकाले अझै कम हुन सक्ने अनुमान गरेको छ।

२०२३ अक्टोबरदेखि जारी युद्धमा ६५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजा सहरलाई पूर्ण युद्धक्षेत्र घोषणा गर्दै इजरायली बमबारीका कारण हजारौँ नागरिक विस्थापित भएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग कुनै सम्झौता अस्वीकार गर्दै गाजामा नरसंहारपूर्ण युद्धलाई निरन्तरता दिएको बताए। एजन्सीबाट

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...