राजनीति

आफ्नो घरलाई संग्रहालय बनाउने सोचमा हुनुुहुन्थ्यो ओली पत्नी राधिका, जलेर खरानी भयो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरको अवलोकन गर्नु गर्नुभएको छ ।

शाक्यले नयाँ पुस्तालाई यो घर संग्राहलयको रुपमा छोडेर जाने बिचार भए पनि अब खरानी छोडेर जानु परेको बताउनुभयो ।

उहाँले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरु जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य वश्तुहरु समेत संग्राहलयको रुपमा सजाएर राखिएको उहाँले बताउनुभयो।

‘मलाई यो घर ब्यवस्थापन मलाई छ महिना लाग्यो ’ उहाँले भन्नुभयो ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्काे कोठामा चाइना,कम्बोडिया,भारत,भियतनाम,जापान लगायतका देशका प्रधानमन्त्रीहरुले दिएका अमूल्य सामानहरु दराजहरुमा थिए ।’
शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के के सामानहरु थिए भनेर सम्झना गर्नुभएको छ ।

‘यति मेरो पसिना र श्रम परेको छ नि’ भावुक हुँदै शाक्यले भन्नुभएको छ ‘बालुवाटार हुँदा पनि म साता दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’

शाक्यले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने बताउनुभएको छ । जेनजी आन्दोलनका अराजक जत्थाले बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीका दुवै घर जलाएको थियो ।

सम्बन्धित समाचार

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...