खेलकुद

श्रीलंकामाथि बंगलादेशको जित

काठमाडौँ। एसिया कपको सुपर फोरको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो। खेलको अन्तिम ओभरमा दुई विकेट गुमाएको बंगलादेशले एक बल बाँकी हुँदा जितका लागि आवश्यक एक रन जोडेको हो। सुपर फोरको यो जितलाई महत्त्वका साथ हेरिएको छ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाका लागि कप्तान दासुन शानाकाले नटआउट अर्धशकत बनाए। उनले ३७ बलमा ६४ रन हिर्काए। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोडेनन्। पूरै २० ओभर खेलेको श्रीलंकाले ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। श्रीलंकालाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। उसका लागि माहीदी हसनले दुई विकेट हात पारे।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले अर्धशतक हिर्काए। हसनले ४५ बलमा ६१ रन जोड्दा तौहिदले ३७ बलमा ५८ रन बनाए। उसका लागि लिटन दासले २३ रन थपे।

बंगलादेशले श्रीलंकाविरुद्ध ६ विकेटको क्षतिमा एक बाल बाँकी हुँदा १६९ रन बनाउँदै महत्त्वपूर्ण जित दर्ता गरेको हो। यो जितले बंगलादेशले महत्त्वपूर्ण अवसर पाउने देखिएको छ भने श्रीलंकाको यात्रा कठिन बनेको छ। सुपर फोरका थप दुई खेलमा अब श्रीलंकाले पाकिस्तान र भारतको सामना गर्नेछ ।

सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...