समाचार

भालुको आक्रमणबाट दुई घाइते

जुम्ला। जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका –५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्।

भालुको आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने उक्त गाउँकै ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानीय बासी दलबिर रोकायाले बताउनुभयो। उहाँका अनुसार अहिले रोकायालाई प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको छ।

गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको रोकायाको भनाइ छ। स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको हो। आक्रमणको क्रममा गाई गोरु र भेडालाई पनि मारेको स्थानीयले बताएका छन्।

घटनापछि गाउँमा त्रास फैलिएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना बढिरहेको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...