राजनीति

माओवादीको महाधिवेशन मंसिर गर्ने प्रस्ताव, केन्द्रीय समिति भंग गरिने

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको छ।
आइतबार आयोजित पार्टी पदाधिकारी बैठकमा उनले करिब १ घण्टा सम्बोधन गर्दै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको हो।

उहाँले भन्नुभयो, ‘विशेष परिस्थिति आएको छ, त्यसैले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरौँ ।’ पदाधिकारी बैठकले प्रचण्डले गरेको प्रस्ताव केन्द्रीय समितिमा पठाउने तयारी भएको छ । केन्द्रीय समितिले सबै तहका पदाधिकारी र समितिहरू भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्नेछ । उक्त समितिले मात्र मंसिरको महाधिवेशनको सम्पूर्ण जिम्मेवारी र अधिकार पाउनेछ ।

त्यसैगरी, प्रचण्डले एक हप्ताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउने प्रस्ताव पनि राख्नुभ
एको छ।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...