समाचार

पर्वत समाजले आज गर्दैछ ८० वर्षमाथिकालाई सम्मान कार्यक्रम

काठमाडौँ। पर्वत समाजले पर्वतेली आमाबुबालाई  आज सम्मान गर्दैछ। समाजले घटस्थापनाको दिन पारेर आज काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसमा भव्य कार्यक्रमका बीच सम्मान गर्ने कार्यक्रम छ।कार्यक्रम बिहान ११ बजे गरिने जनाइएको छ।

पर्वतबासीबीच शुभकामना आदानप्रदानका साथै पर्वतबाट काठमाडौँ आएर स्थायी तथा अस्थायी रूपमा बसेका ८० वर्ष वा सो भन्दामाथिका वृद्धवृद्धालाई सम्मान गर्ने भएको समाजका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो। कार्यक्रममा वृद्धलाई नै प्रमुख अतिथि राखेर कार्यक्रम गर्ने तयारी छ।

पर्वत समाजले ‘अग्रजलाई सम्मान, अनुभवलाई मार्गदर्शन र युवा सक्रियता आजको आवश्यकता’को मान्यतासहित अगाडि बढेकाले यो कार्यक्रम राखिएको अध्यक्ष शर्माले बताउनुभयो।

त्यसैगरी समाजले सोही दिन पर्वतबासीबीच दसैँ, तिहार, छठ लगायत चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्ने महासचिव टीका कार्कीले जानकारी दिनुभयो। कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान, पर्वतवासीलाई केन्द्रित गरेर बनाइएको वेवसाइड लन्च र  सदस्यता प्रमाणपत्र वितरण गरिने अध्यक्ष शर्माले जनाउनुभएको छ।

सम्बन्धित समाचार

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...