अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउँदै
काठमाडौँ। एक महिनादेखि अवरुद्ध नेपाल-चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ। बाह्रबिसेदेखि कोदारी खण्डका बिभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएसँगै हिजो ट्रर्याक खुलेको छ।
आज सडक सफा गरी ग्राभेलको काम सकाएर सवारी सञ्चालनमा ल्याइने सडक डिभिजन चरिकोटका सूचना अधिकारी सुरज महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार सडक खुलाउन चार वटा एस्काभेटर, ३ वटा लोडर, र ४० जनासम्म कामदार खटिएका छन्।
अन्तरिम सरकारका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले बाटो खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो।
लेदोसहितको पहिरो खसेपछि सडक भदौ ८ गते यता ठप्प थियो। बाटो बन्द हुँदा स्थानीयसँगै चीन(नेपाल व्यापारसमेत प्रभावित भएको थियो।चनियाँ सीमामा सामान बोकेका १५ सय बढी कन्टेनर रोकिएका छन्। केही कन्टेनर भने कोरला नाका हुँदै नेपाल आएका छन् । नाका खुलेपछि चीनतर्फ अड्किएका दशैँका सामान ल्याउन सहज हुनेछ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




