राजनीति

नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजे, ४ मन्त्री मात्रै नियुक्ति

काठमाडौँ। नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ सोमबार अपराह्न तीन बजे तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ जना मन्त्रीको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। जसमध्यमे स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा। संगीता कौशल मिश्राको नाम होल्ड भएको छ। ‘५ जना मन्त्रीको नाम आएको थियो, एक जनाको होल्ड गर्न फोन आएको छ, चार जनाको नियुक्ति र शपथ आज अपराह्न तीन बजे हुनेछ,’ राष्ट्रपति कार्यालय स्रोतले भनेको छ।

 

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...