सेवा प्रबाहमा ढिलासुस्ति नगरौं: शिक्षामन्त्री पुन
काठमाडौ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ ।
सोमवार पदभार ग्रहण लगत्तै उहाँले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ति नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ति गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु ।’
उहाँले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...
१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...




