नवनियुक्त सञ्चारमन्त्रीले भन्नुभयो : फागुन २१ मा जसरी नि चुनाव गराउनुपर्छ
काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ ।
सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो । सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभुति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जसरी पनि फागुन २१ मा चुनाव गर्नुछ । त्यसलाई सम्भव बनाउनु पर्छ । दोस्रो कुरा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा बस्तुपरक ढंगले कार्यान्वयन हुने हिसावले देखिने गरेर र जनताले महशुस गर्ने गरेर केही फाउन्डेशनहरु हामीले स्टाप्लिस गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रण पनि ६ महिनामा हुँदैन । यसलाई ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला । १५ वर्ष लाग्ला । घटाउँदै जाने हो । तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा निर्मम छ है, काम गर्दैछ छ है भन्ने अनुभुति ६ महिनामा बनाउन सकिन्छ । र, ६ महिना पछि आउने सरकारले यहाँ नटेकी सुखै नहुने केही न केही हामीले त्यो व्यवस्था गरेर जान सकिन्छ । र तेस्रो कुरा भनेको मैले अघि नै भने–हामी खरानी टटटक्याउँदै हाम्रो जीवन र यी धरोहरुहरुको पुनर्निर्माण गर्नुपर्नेछ । आज संसद भवनको हाल हेर्नुस् । सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव यो सरकारले खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभुति हुने गरी यो ६ महिनामा केही कामहरु गर्छौं ।’
त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरुको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताउनु भयो । राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरुले काम गर्न नसकेको उल्लेख गर्दैै उहाँले आफूले हस्तक्षेप नगर्ने बताउनु भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




