अर्थ

जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा

काठमाडौँ। जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जनकपुर भन्सार कार्यालय आगजनी, लुटपाट तथा तोडफोड भएको थियो।

जसकारण भन्सार कार्यालयबाट हुने सबै काम ठप्प थिए । जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाकाअनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालबाट भन्सार जाँचपास यसअघि नै शुरु भइसकेको छ । असोज ५ गतेबाट मुद्दाका कामहरु समेत शुरु गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा आई सकेको सूचना अधिकारी अवाले जानकारी दिनुभयो ।

जेन–जी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति अवाले बताउनुभयो। जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको थियो।

गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएको छ ।

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...