२.२३ प्रतिशत बढ्यो सेयर बजार
काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भयो ।
२३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । बजार खुलेपछि दिनभर हरियो रह्यो।
आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढ्यो । अघिल्लो कारोबार दिन यो समूह ४ प्रतिशत घटेको थियो । भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो ।
त्यहीं मौकामा आज कारोबारी यस समूहमा आकर्षित देखिए । अहिलेसम्म निर्जीवन बीमा कम्पनीमा करिब २२ अर्बको दाबी भुक्तानी माग गर्दै आवेदन परेको छ । नोक्सान भएको सम्पत्तिको वास्तविक मूल्यांकन गरेर मात्रै पछि बीमा भुक्तानी हुने हो, जसमा पुनर्बीमामार्फत पनि ठूलो रकम प्राप्त हुन्छ ।
बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार १.८३ प्रतिशत बढे ।
८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एसियन हाइड्रोपावर हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावरको ९.८४, सयपत्री हाइड्रोपावरको ९.८३ प्रतिशत मूल्य बढ्यो । आज मूल्य धेरै घट्नेमा अधिकांश ऋणपत्र रहे ।
धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...




