नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन
काठमाडौं। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीवार आयोगमा निवेदन दिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सो पार्टीको दर्ता नम्बर ४७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उहाँको भनाई छ । नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुकका बीचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उहाँले बताउनु भयो ।
देशभक्ति, नागरिकतन्त्र एवं प्रगतिशिलताको सिद्धान्तमा विश्वास भएका नागरिकहरु भेला भएर एक मूलधारको राजनितिक दल स्थापना गरिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामी निर्वाचन आयोगमा आएर नेपाल नागरिक पार्टी दर्ता गर्नको लागी निवेदन दिएका छौँ । हाम्रो दर्ता नम्बर ४७७ रहेको छ । यसको पुरै प्रक्रिया पूरा हुन केही समय लाग्छ । हामी निरन्तर प्रक्रियामा रहन्छौँ ।’
राजनीति सिद्धान्तनिष्ट हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैले पाउन नहुने बताउनु भयो । २१ औँ शताब्दीमा गरिबी सह्य हुन नसक्ने पनि उहाँको भनाई छ । राजनीति संविधानवादको सीमानाभित्र बाँधिनुपर्ने आफूहरुको मान्यता रहेको उहाँले बताउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...
१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...




