राजनीति

जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुने बताउनुभएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि सशक्त कानुनी कारबाही गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै निर्वाचनमा भाग लिन दललाई आग्रह गर्नुभयो ।

उहाँले विदेशमा रहेका नागरिकलाईसमेत मतदानको व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारीसमेत गराउनुभएको छ । प्रधानमन्त्री कार्कीले आन्दोलनकाक्रममा नेताहरुका घरमा भेटिएको रकमका सम्बन्धमासमेत छानबिन सुरु भएको जानकारी गराउनुभएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

१ करोड २ लाख समानुपातिक मतगणना गर्दा रास्वपाको ४९ लाख १५ हजार मत

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको...

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...