प्रधानमन्त्रीसँग महेश श्रेष्ठ नेतृत्वको एनआरएनएको छलफल
काठमाडौं। महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको छ ।
जेन—जी आन्दोलनपछि ध्वस्त भएका संरचनाको पुर्ननिर्माणका सन्दर्भमा प्रधानमन्त्रीसँगै मन्त्रीहरुसँग छलफल गरेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
पुनर्निर्माणमा संघले सरकारसँग सहकार्य गर्नेगरी छलफल गरिएको उहाँको भनाई छ । संघले हाल प्रहरीसँग सहकार्य गरेर ट्राफिक कन्ट्रोल रुम निर्माण गरिरहेको बताउनु भयो । त्यसबाहेक अरुपनि परियोजना निर्माण गर्ने सन्दर्भमा संघका पूर्वअध्यक्ष शेष घलेसहित आफुहरु सरकारसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘विशेष गरेर पुनर्निर्माणमा गैरआवासीय नेपाली संघले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल
केन्द्रित रहेको थियो । तत्कालका लागि हामीले प्रहरीसँग सहकार्य गरेर ट्राफिक कन्ट्रोल रुम बनाउँदैछौँ । त्यसबाहेक अरुपनि एउटा परियोजना उहाँहरुले दिनुभयो भने हामीले गर्ने भनेर पूर्वअध्यक्ष शेष घलेले पनि आफ्ना कुरा राख्नुभयो, पनि राख्यौँ । गैरआवासीय नेपाली संघ र उहाँहरुको टिम मिलेर कुनै एउटा राम्रो प्रोजेक्ट गर्ने पुनःनिर्माणको लागि भन्ने कुरामा छलफल भयो ।’
संघका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतालाई छिटो कार्यन्वयनमा ल्याउन सरकारसँग आग्रह गरेको जानकारी दिनुभयो । उहाँले पुनर्निर्माणमा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने पनि बताउनु भयो । छलफलमा प्रधानमन्त्रीसंगै अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार तथा यातयात, जलस्रोत तथा उर्जा र शहरी विकासमन्त्री कुलमान घिसिङ,संघका पूर्वअध्यक्ष शेष घले लगायतको उपस्थिति रहेको थियो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




