अर्थ

नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू

काठमाडौं। सरकारले दशैं,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताउनुभएको हो।

शुक्रबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट विक्री गरी यात्रुहरुलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिनुभयो । हवाई टिकटको न्युनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ ।

त्यसमा अधिकतम मूल्य भन्दा कम मूल्यमा सो टिकट विक्री गर्न सेवा प्रदायक संस्थाहरुलाई भनिएको प्राधिकरणको भनाई छ । सूचना अधिकारी भुलले भन्नुभयो,‘देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरुलाई बोलाएर कम्तिमा म्याक्सिमम फेयर नबेच्नु होला, त्यो भन्दा १/२ क्लास लोयर फेयरमा बेचिदिनुहोस भनेर भनेका छौं । त्यही अनुसार हाम्रो बुद्ध एयर अरु वायु सेवा कम्पनीहरुले काम गरिरहेको छ। सपोज अहिले बुद्ध एयरले धनघढीमा १२ हजार भन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरुले निन्टरनल्ली नै तयारी गर्नु भएको छ।
वायु सेवा कम्पनीले नियम भित्र भएपनि उहाँहरुलाई अपर फेयरको टप मोष्ट फेयर भन्दा एक लेवल तल्लो क्लासको टिकट उहाँहरुले बेचिराख्नु भएको छ । हो स्वभाविक रुपमा यात्रुहरुले एकैचोटी ट्राभल गर्दाखेरी डिमान्ड बढि भएर लोअर फेयरको टिकट भन्दा हाईएर फेयरको टिकट सोल्ड अलि बढी छ ।’

त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुहरुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुहरुले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ । प्राधिकरणका सूचना अधिकारी भुलले दशैँतिहारजस्तो समयमा त्यो संख्या बढेर दैनिक १८ हजारसम्म यात्रुहरु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । -न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...