खेलकुद

एसिया कप २०२५ को उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

काठमाडौं। एसिया कप २०२५ को उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका हुन्। बिहीबार सुपर-४ को खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेसँगै भारत र पाकिस्तानबीच उपाधि भिडन्त पक्का भएको हो।

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  एसिया कपको ४० वर्षको इतिहासमा भारत र पाकिस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो। सन् १९८४ मा सुरू भएको एसिया कपमा भारत र पाकिस्तानले यसअघि समूह चरणसहितका खेलमा प्रतिस्पर्धा गरे पनि फाइनलमा भने कहिल्यै भिडेका थिएनन्।

यो अवधिमा १६ संस्करणका एसिया कप सकिदा भारतले आठ पटक उपाधि जितेको छ भने पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ। भारतले पछिल्लो पटक २०२३ मा उपाधि जित्दा पाकिस्तानले सन् २०१२ यता उपाधि जित्न सफल भएको छैन।

अर्को रोचक पक्ष त भारत र पाकिस्तान एकै प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भारत र पाकिस्तान समूह चरणमा भिडेका थिए। सो खेलमा भारतले ७ विकेटको सहज जित निकालेको थियो। सुपर-४ को खेलमा पनि भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदा भारत फेरि हाबी भयो। भारतले ६ विकेटले सहजै खेल जितेर फाइनलमा स्थान बनायो।

सन् २००७ यता भारत र पाकिस्तानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा १५ पटक प्रतिस्पर्धा भएको छ। जसमा भारतले ११ खेलमा जित निकालेको छ। पाकिस्तान भने तीन पटक विजयी भएको छ। एक खेल भने बराबरीमा सकिएको छ। -एजेन्सी

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...