भ्रष्टाचार अब क्षम्य हुँदैनः उर्जामन्त्री घिसिङ
काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन—जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताउनु भयो । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको बताउनु भयो । सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने बताउनु भयो । जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गर्नुभयो । सैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसौलाई नछोड्ने बताउनु भयो ।
मन्त्री घिसिङले भन्नुभयो, ‘भ्रष्टाचारको निर्मुल गर्ने, सुशासन कायम गर्ने प्रमुख माग हो । देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्छ । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्नुपर्छ । सुशासनको विषयलाई हामीले गम्भीर रुपमा लागू गर्नुपर्नेछ । मैले सबै मन्त्रालयमा, सबै सचिवज्युहरु, सबै कर्मचारी साथीहरुलाई भन्ने गरेको छु । अब हामीले अहिलेको गम्भीर अवस्थाबाट हामी सही दिशामा जानका लागि जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई हामीले गम्भीर रुपमा लिएर लागू गर्नुपर्छ ।
कतै जनताको सेवामा कमी हुन दिनु हुँदैन । कतैपनि अनियमितता, भ्रष्टाचार गर्नेकुरा क्षम्य हुँदैन । नेपाललाई सुशासनको दिशामा अघि बढाउनुपर्छ । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने निर्देशन छ । त्यसलाई हुबहु कार्यान्वयन गर्नुपर्छ । हामी कसैलाई पनि छुट छैन, अब पनि हामी चुक्यौँ र त्यस्तो गतिविधि भए यो देशमा अर्को ठूलो विद्रोह हुन्छ, त्यसले कसैलाई छोड्ने छैन । ठूलो जनधनको क्षति भएको त्यो एउटा आक्रोश पनि हो ।’
मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिवद्ध भएर लाग्न निर्देशन दिनुभयो । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




