माओवादी केन्द्रको केन्द्रिय समिति भंग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले आगामी मंसीरका विशेष महाधिवेशन गर्ने भएको छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले केन्द्रिय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो।
विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभयो । बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ । बैठकले जेन—जी आन्दोनलको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वमयसेवक परिचालन गर्ने पनिभएको छ ।
प्रवक्ता सापकोटाले भन्नुभयो,‘जेनजी आन्दोलनलाई विश्लेषण गरी पार्टीको विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रिय समिति विघटन गरी आयोजक आयोजक समिति बनाउने निर्णय भयो । अध्यक्ष लगायत सबै पदाधिकारीको व्यवस्था अहिले स्थगित गर्ने । महाधिवेशनमा जेन-जी लगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने । हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमानै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपले होमिनुपर्छ भन्ने निर्णय गर्दछ । राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भिर संकटमा रहेको वर्तमान सन्दर्भमा समाजवादी मोर्चामा रहेका दलहरुलाई पार्टी एकता र धुव्रीकरणको प्रक्रिया अगाडि बढाईनेछ । विचार मिल्नेसँग अन्य बुँदाहरुमा पनि सहकार्य गरिनेछ । क्षतिग्रस्त सार्वजनिक तथा सरकारी संरचनाको सम्बन्धित निकायहरुसँग समन्वय गरी स्वमयसेवक तथा आवश्यक सहयोग परिचालन गर्ने । पार्टीका क्षतिग्रस्त संरचनाहरु, त्यस्तै गरी अन्य संरचना निर्माणमा सहयोग गर्नका लागि पार्टीको तर्फबाट पहलकदमी लिने । जेन—जी आन्दोलनमा भागेका कैदीबन्दी तथा सामाजिक अराकजकताका कारणले जनतामा अरु असुरक्षा बढेको छ । स्थानीय पार्टीहरुले जनताको जीउधनको रक्षा तथा जनताको सुरक्षाका लागि विभिन्न तहको जनपरिचालन गरी जीवन तथा व्यवसायको सुरक्षामा स्वयंसेवक परिचालनको व्यवस्था गर्ने ।’
माओवादी केन्द्रले नेताहरुको सम्पन्न छानविन गर्नका लागि सम्पत्ति छानविन आयोग पनि गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानविन समिति बनाएर नेताहरुको सम्पती छानविनको काम शुरु गर्ने निर्णय गरिएको छ ।
उहाँले भन्नुभयो, ‘सम्पती छानविन आयोग बनाएर सम्पतीको छानविन गर्ने । त्यो पदाधिकारीबाट शुरु गर्ने । कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढंगले सोच्ने । महाधिवेशन मंसीरको अन्तिमसम्म गर्ने निर्णय गरियो ।’
त्यसैगरी केन्द्रिय कार्याल, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ । -न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा...




