अर्थ

काठमाडौं उपत्यकाबाट एकैदिनमा बाहिरिए एक लाख ११ हजार सर्वसाधारण

काठमाडौं। एक दिनमै काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका छन् ।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताउनुभएको छ।

अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताउनुभयो। आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उहाँले जानकारी दिनुभयो।

ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...