ओलीको राहदानी रोक्का र बस्नेतको अुसन्धान गर्ने निर्णयप्रति युवा संघको आपत्ति
काठमाडौं। राष्ट्रिय युवा संघ, नेपालले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । युवा संघका अध्यक्ष क्षितिज थेवेले आज एक विज्ञप्ती निकाल्दै पार्टीका अध्यक्ष ओलीको राहदानी रोक्का गर्ने भनेर वर्तमान सरकारले गरेको निर्णयप्रति चासो र आपत्ति प्रकट गर्नुभएको छ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘वर्तमान सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ । गत भदौ २३ र २४ गतेको घट्नासम्बन्धी जाँचबुझ आयोगले बिना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूवाग्रहको आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्गै छ । हामी उक्त घट्नाको निष्पक्ष छानबिनको पक्षमा छौं । तर, छानबिन नगरी प्रारम्भमै अपराधी करार गर्नेगरि गम्भीर प्रकारका निर्णय गरिनु आपत्तिजनक छ ।’ ओलीको राहदानी रोक्का गरेर राजनीतिक साँध्ने अराजनीतिक कार्य भएको थेवेको दाबी छ ।
अध्यक्ष थेवेले पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने समाचार आएकोले यसप्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन पनि माग गर्नुभएको छ।
वर्तमान सरकारको प्रमुख जिम्मेवारी नै आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु भएकोले निर्वाचन सफल बनाउन आफूहरु भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । उनले वर्तमान सरकार अनावश्यक रुपमा राजनीतिक पूर्वाग्रह र प्रतिशोधमा संलग्न हुन खोजेको आभाष भएको टिप्पणी गर्नुभएको छ।
ताजा अपडेट
-
१.
अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो
-
२.
कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्यो
-
३.
संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
-
४.
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
-
५.
मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
ट्रेन्डिङ
सम्बन्धित समाचार
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव...
कांग्रेस सभापतिबाट गगन थापाको राजीनामा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिनुभएको छ। उहाँले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको...
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गर्नुुभएको...
पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठक...




