अर्थ

कर्णालीमा टेलिफोन अवरुद्ध

काठमाडौं। प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ। यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

जाजरकोटको नलगाड नगरपालिका–१२, १३ सँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, ५, ६ मा पूर्ण रूपमा सञ्चार सेवा अवरुद्ध भएको हो ।

यस्तै, जाजरकोटकै बारेकोट गाउँपालिका–५ मा रहेको रतनकोटस्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट वञ्चित भएको छ ।

रुकुम पश्चिमको गोतामकोट, जाजरकोटको नायकवाडा तनकोटको टावरमा समस्या आएपछि यहाँका नागरिक दशैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको नलगाड नगरपालिका प्रमुख डम्मर रावतले बताउ नुभयो। सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पुर्‍याए पनि समाधान नभएको उहाँको भनाइ छ ।

यस्तै, सोही टावरको सहायताले डोल्पाको मुड्केचुलामा रिले गर्ने भएकाले डोल्पाको मुड्केचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो।

नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्यायका अनुसार समस्या आएको ठाउँमा काम भइरहेको छ । गोतामकोट टावर मर्मत गरेर नायकवाडा मर्मत हुने उहाँले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...