स्टायलिस र फ्युचरिस्टिक मोडेलको इलेक्ट्रिक गाडी ‘आयोनिक ५’ नेपाली बजारमा

काठमाडौं । स्टायलिस र फ्युचरिस्टिक मोडेलको इलेक्ट्रिक गाडी ‘आयोनिक ५’ नेपाली बजारमा आएको छ । हुन्डाईको उक्त गाडी छिट्टै नेपाली बजार बिक्री सुरु हुने आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले जनाएको छ ।

प्यारामेटिक पिक्सल हेड ल्याम्प, क्ल्यामसेल हुड, एक्टिभ एयर इन्टेक, पिक्सल टेल लाइट लगायतका फिचर रहेको यो गाडी नेपाली बजारमा लोकप्रिय हुने विश्वास गरिएको छ ।

यो गाडी हुन्डाइको नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म (E-GMP) मा निर्मित पहिलो गाडी हो । डेडिकेटेड ब्याट्री रहेको यस इलेक्ट्रिक भेइकलमा छिटो चार्ज हुने, ड्राइभिङ रेन्ज बढाउने तथा धेरै इन्टेरियर स्पेस छ । ह्याण्डलिङमा पनि सहज छ । ११८.१ इन्चको ह्ब्लिवेस अन्य एसयुभि गाडीको भन्दा लामो रहेको कम्पनीले जनाएको छ ।

इन्टेरियरमा पर्यावरणमैत्री सामग्री प्रयोग गरिएको छ । रिसाइकल गरिएको पिइटी बोतल प्लाष्टिक, विरुवाबाट बनेको धागो, प्राकृतिक ऊनको धागो, हानिकारक रसायनको सट्टा विरुवामा आधारिक पदार्र्थको साथै प्रशोधन गरिएको छाला प्रयोग गरिएको छ । पिग्मेन्टका लागि विरुवाको पदार्र्थ प्रयोग गरि पेन्ट गरिएको छ ।

सोलार रुफ र भिजन रुप गरि २ भेरिएन्टमा गाडी उपलब्ध छ । सोलार रुफ त्यस्तो भरिएन्ट हो जहाँ १ सय किलोमिटरको दायरामा सौर्य उर्जा मार्फत ५ देखि ७ प्रतिशत रिचार्ज दिन्छ । भिजन रुफ अपिल र भर्सालिटीका साथ अगाडि बढाइएको पावर रोलर ब्लाइन्ड हो ।

३.५ किलोवाट पावर करेन्टमा गाडीको ब्याट्री चार्च गर्न सकिन्छ । एकपटक फुल चार्ज गर्दा ३६५ किलोमिटरको रेन्जमा गाडी गुड्छ । ११ किसिमका विभिन्न रंगमा गाडी नेपाली बजारमा उपलब्ध हुनेछ ।

You might also like
Comments
Loading...