पहिलो खेलमै जितबाट चुक्यो नेपाली क्रिकेट महिला टोली
काठमाडौं। महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल मलेसियासँग हारेको छ।
बिहीबार क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा मलेसियाले नेपाललाई ३ रनले जितेको हो।
टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपालले ७ विकेट गुमाउँदै मात्र १ सय १ रन बनायो।
नेपालका लागि पुजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १६ बलमा १८ रन जोडिन्।
मलेसियाको लागि नुर डानियाले सर्वाधिक ३ विकेट लिइन्।
यसअघि मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६ रन बनाइन्।
उनले ४१ बलको सामना गर्दा एकै बाउन्ड्री प्रहार गर्न सकिनन्। ओपनर ऐना हमिजा हसिमाले २६, मास ऐसाले २५ रन बनाए।
नेपालका लागि सुमन विष्टले सर्वाधिक दुई विकेट लिइन्। उनले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चिइन्। पूर्वकप्तान रुविना क्षेत्रीले एक विकेट लिइन्।
मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि मलेसियासँग पाँच खेलको सिरिज खेलिरहेको हो।
आज जितसँगै मलेसियाले १–० को अग्रता लिएको छ। अब दोस्रो खेल शनिबार हुनेछ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




