पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौ| हालको लगातारको वर्षा र प्राकृतिक विपद्का कारण पानीजन्य रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राकृतिक विपद्का बेला तत्काल चोटपटक लाग्ने र भौतिक क्षति हुने भए पनि त्यसपछि पानी प्रदूषित भई पखाला, हैजा, डेङ्गी, मलेरिया जस्ता रोग बढ्ने सम्भावना रहने भएकाले सतर्कता आवश्यक छ।
उहाँले त्यस्ता रोगका लक्षण देखिएमा ढिलाइ नगरी नजिकैको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभयो। साथै, विपद्पछि खान, बस्न र सरसफाइको अवस्था बिग्रने हुँदा खानासम्बन्धी रोग, आँखा पाक्ने र मानसिक समस्या पनि देखिन सक्ने उहाँको भनाइ छ।
मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र समुदायमा सचेतना फैलाउन निर्देशन दिएको छ।
त्यस्तै, आपत्कालीन स्वास्थ्य सेवा आवश्यक परेमा तालिमप्राप्त स्वास्थ्यकर्मी र चालकसहितको एम्बुलेन्सको व्यवस्था भएकाले हटलाइन १०२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। साथै, स्वास्थ्यसम्बन्धी कुनै समस्या वा जानकारीका लागि १११५ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।
मन्त्रालयले निरन्तर वर्षाका कारण पहिरो, बाढी र अन्य प्राकृतिक प्रकोपका कारण जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै सबै अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...
निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...
निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे
काठमाडौं। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएकामध्ये १०३ जनालाई छाडिएको प्रहरी...
महोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट
काठमाडौं। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...




