विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न माओवादी केन्द्रको आह्वान
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताउनुभएको हो ।
उहाँकाअनसार देशभर आएको भारी वर्षाले पु¥याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको जिकिर गर्नुभयो । देशभर वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोशी प्रदेशमा धेरै क्षति भएकोप्रति पार्टी सचेत रहेको बताउनु भयो । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायत सबैलाई धन्यावाद दिने निर्णय गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘देशभर आएको भारी वर्षाले पु¥याएको क्षतिको हाम्रो पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको छ । देशभर वर्षाबाट ठूलो धनजनको क्षति भएको छ । विवरणहरु त आउँदै छन्, कति बेपत्ता भएका छन्, कति पहिरोले पुरेको छ । कति बाढीले बगाएको छ । ५५ भन्दा बढीको मृत्यु भएको खबर आएको छ । सबैभन्दा बढी एक नम्बर प्रदेशमा मृत्युको संख्या बढी छ । धनजनको क्षति पनि त्यत्तिकै छ । लोकमार्गहरु पनि अवरुद्ध छन् । भारी वर्षा मधेसमा भएको छ । तीन जनाको मृत्यु भएको छ । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायत सबैलाई धन्यावाद दिने । पुनःनिर्माणका लागि एकजुट भएर लाग्न आह्वान गरेका छौँ । दुई दिनपछि फेरि सचिवालयको बैठक बस्नेछ । समाजवादी मोर्चालाई विस्तार गर्ने, पार्टी एकताका सम्बन्धमा पार्टी अध्यक्ष कमरेडले ब्रिफिङ गर्नुभयो ।’
नेता सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरु सहमत नै रहेको बताउनु भयो । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने उल्लेख गर्नुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा एमालेको केन्द्रिय समितिको बैठबाट पनि राजनीतिक दलहरुले आफ्नो धारणा स्पष्ट राख्ने जिकिर गर्नुभयो । अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौति आएको बताउनु भयो । यसले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको पनि जिकिर गर्नुभयो । पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरुसँग एकताका लागि पहल जारी राख्ने पनि बताउनु भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...




