भोजपुरमा सुत्केरी र शिशुको हेलिकप्टर उद्धार
टक्सार (भोजपुर)। भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट निर्मला राई (३९ वर्षीया) र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।
शिशु समय अगावै जन्मिएको र अक्सिजनसहित उपचार आवश्यक भएकाले दुवै जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
ओख्रे स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो। सडक अवरुद्ध भएकाले तुरुन्त उद्धारका लागि सेनाको हवाई सुविधा प्रयोग गरिएको स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...
निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...




