अनुमति नलिएका क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न नपाउने
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले क्यासिनोलगायतका संस्थाले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैङ्कले एक सूचनामार्फत विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएर मात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ।
विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैङ्कले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय ९भारतीय मुद्रा समेत० को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ।
यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डबाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ। नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजार बराबरमात्र गर्न सकिनेछ। यो व्यवस्था अनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्र कारोबार हुनेछ। यसअघि प्रतिदिन रु एक लाखबराबरको कारोबार गर्न सकिन्थ्यो।
त्यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबरमात्र गर्न सकिनेछ । प्रतिदिन रु २० हजार बराबरमात्र कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्था कायम छ। रासस
ताजा अपडेट
-
१.
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
-
२.
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
-
३.
मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली
-
४.
इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष
-
५.
सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...
सुनको भाउ फेरि बढ्यो
काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...
कालिमाटीमा कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...




