अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
सीबीएसका अनुसार राज्यको राजधानी ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वमा रहेको लेल्यान्डको मुख्य सडकमा शुक्रबार मध्यराततिर गोली चलेको हो।
चार जना घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ। अहिलेसम्म कुनै पनि संदिग्धलाई हिरासतमा लिइएको छैन।
स्थानीय समयअनुसार शुक्रबार लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकन फुटबल प्रतिस्पर्धा सकिएपछि राति आयोजना गरिएको भेलामा गोली प्रहार भएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




