खेलकुद

शहीद स्मारक ए डिभिजन लिगका क्लवले भनेः होम एन्ड अवे फरम्याटमा खेल्न तयार छैनौँ

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगका क्लवहरूले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार नरहेको बताएको छ ।

ललितपुरको कुपण्डोलमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै शीर्ष डिभिजनका नौ वटा क्लबले छोटो समयको तयारीबाट होम एन्ड अवे फरम्याटमा लिग गर्नु आफूहरूका लागि मान्य नहुने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगबारे छलफल गर्न बोलाइएको बैठकअघि नै सशर्ष डिभिजनका ९ क्लबले पत्रकार सम्मेलन गर्दै दबाब दिएको हो । शीर्ष डिभिजनका ९ क्लबले लिग व्यवस्थापन र संरचनामा व्यापक सुधारको माग गरेका छन् । एन्फाले गत असोज ४ गते पत्रमार्फत शीर्ष डिभिजनका क्लबलाई असोज २६ गते लागि बैठक बोलाएको छ। तर, त्यो बैठक अगाडि नै क्लबहरूले एन्फाले आयोजना गर्न लागेको लिगमा व्यापक सुधार आवश्यक रहेको माग गरेका छन् ।

एन्फाले आगामी पुसदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले केही तयारी पनि अगाडि बढाइसकेको छ । सोही बैठक अगाडि १४ मध्ये नौवटा क्लबले लिगमा व्यापाक सुधारको माग राख्दै जवाफ दिएका छन् ।

आइतबारको बैठकमा शहीद स्मारक ‘ए’ डिभिजन लिग र जेनजी आन्दोलनका कारण रोकिएका अन्य प्रतियोगिताहरू सुचारु गर्ने विषयमा छलफल गर्दैछ ।

सो बैठकमा एन्फा यु१६ युथ लिगका बारे पनि छलफल हुनेछ । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा न्युरोड टिम (एनआरटी), फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका पदाधिकारीको उपस्थिति थियो ।

क्लबहरुले नेपाली फुटबलमा व्यावसायिकता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न एन्फाले आधारभूत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । क्लबहरुले एन्फालाई एसियाली फुटबल महासंघ (एएफसी)सँग समन्वय गरि लिग सञ्चालन गर्न पूर्ण अधिकारसहितको स्वतन्त्र लिग समिति गठन गर्न आग्रह गरेका छन् । समितिलाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले लिग व्यवस्थापन गर्न अधिकार दिनुपर्ने क्लबहरुको माग छ ।

त्यस्तै क्लबहरुले एन्फाले लिग आयोजना गर्नुभन्दा पहिले उचित पूर्वाधारमा सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै ‘होम एन्ड अवे’ खेलका बारेमा स्पष्ट प्रावधान माग गरेका छन् । एन्फाले एएफसी र एन्फा स्वयमको मापदण्ड अनुरुप कम्तिमा १० वर्षको लागि घरेलु मैदानको कानुनी अधिग्रहणलाई सहज बनाउन माग गरेका छन् ।

क्लबहरुको जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार क्लबहरुलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउन र शीर्ष ६ भित्र अटाउने क्लबहरुको पुरस्कार रकम बढाउने माग पनि उल्लेख गरिएको छ । यसैगरी सम्बन्धित सरकारी निकायहरुसँगको समन्वयमा नेपालको कानूनअन्तर्गत ‘म्याच फिक्सिङ’ र सट्टेबाजी जस्ता आपराधिक कार्यलाई कडाईका साथ रोक्न आधिकारिक निकाय गठन गर्ने प्रश्ताव पनि क्लबहरुले गरेका छन् ।

एएफसी क्लब लाइसेन्स मापदण्डहरु पूरा गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै एन्फालाई लिग सुरु हुनुभन्दाअघि नै सबै १४ टोलीले आवश्यक मापदण्डहरु पूरा गर्न सक्ने वातावरण सिर्जना गर्न क्लबहरुले आग्रह गरेका छन् । यसबीच सहभागी सबै टोलीसँग परामर्श र सहमतिपछि मात्र लिग ‘मोडेल’ र प्रतिस्पर्धाका नियमहरुलाई अन्तिम रूप दिन जोड दिइएको छ ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...