अर्थ

सेयर बजारमा उच्च उतारचढाव

काठमाडौँ । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अङ्कको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८.८३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २५०३.५३ अङ्कमा झरेको छ । कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो ।

त्यसपछि भने बजार सम्हालियो । अन्तिम २ घण्टामा बजारले सामान्य सुधार गर्दै २५ सयभन्दा माथि रहेर बजार बन्द भएको हो ।आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत, अन्य क्षेत्रका कम्पनीमा सर्वाधिक ४.७९ प्रतिशत गिरावट आएको छ । फाइनान्स, हाइड्रो र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशत भन्दा धेरैको गिरावट छ । सबैभन्दा कम घट्ने म्युचुअल फण्डमा ०.९९ प्रतिशतको गिरावट छ ।

बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट नलागे पनि ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बजारमा आज नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६.०१ प्रतिशतको वृद्धि देखिएको छ ।

बजारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भई सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा परेका छन् ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...