बिपी राजमार्ग मर्मत सुरु, ‘ट्र्याक खोलेपछि सवारी सञ्चालन
काभ्रे। गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक खोलिएसँगै मर्मत कार्य सुरु भएको छ। राजमार्ग शनिबार बिहानदेखि औपचारिक रूपमा सवारीसाधनको लागि खुलाइएको थियो।
डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर इञ्जिनियर सुमन योगेशका अनुसार, हाल तीन वटा मेसिनले मुख्य मर्मत कार्य गरिरहेका छन् भने अन्य ‘स्टेशन’मा मेसिन स्ट्याण्डबाई राखिएको छ। कार्यालयले बिपी राजमार्गको १९ स्थानमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिरहेको छ।
राजमार्ग अन्तर्गत चौकीडाँडा, कटुन्जे-घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्तीका स्थानमा डाइभर्सन निर्माण गरी पूर्ण सवारी सञ्चालन सम्भव भएको कार्यालयले जनाएको छ।
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको र काभ्रेपलाञ्चोक तथा सिन्धुली खण्डमा डाइभर्सन निर्माण गरिएको छ। कार्यालयले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीको यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दै आएको छ। कार्यालयले स्थायी मर्मतको लागि चार खण्डमा ठेक्काको प्रक्रिया अगाडि बढाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




